तालिबानले अफगानिस्तानको जलालाबादलाई बिना लडाई नियन्त्रणमा लिएको छ।
अधिकारीहरुका अनुसार राजधानी काबुल छोडेर सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहरी क्षेत्रको रुपमा जलालाबादलाई लिईन्थ्यो। सशस्त्र समूहले आइतबार जलालाबादमा गभर्नरको कार्यालयमा आफ्ना सदस्यहरु देखाइएको फोटोहरु अनलाइनमा पोस्ट गरेका छन। तालिबानको सामाजिक सञ्जालको दावी पुष्टि गर्दै स्थानीय निवासी अहमद वलीले आज बिहान तालिबानको सेतो झण्डा देखी आफूहरु उठेको तथा उनीहरु बिना लडाई भित्र पसेको जानकारी दिएका छन।
अफगानिस्तानको प्रमुख शहर मजार९ए९शरीफ पनि तालिबानको कब्जामा छ। तालिबानको आक्रमण जारी रहेकाले स्थानीय मानिसहरु काबुल तिर लागेका छन।
अमेरिकाले अफगानिस्तानमा सहयोगका लागि थप सैनिक पठाउने निर्णय गरेको छ। अफगानिस्तानका राष्ट्रपतिले सेनालाई पुनर्गठित गर्ने कार्य सर्वोच्च प्राथमिकतामा भएको बताएका छन्।
जलालाबादस्थित एक अन्य अफगानी अधिकारीले जलालाबाद शहरमा कुनै झडप नभएको तथा गभर्नरले तालिबान समक्ष आत्मसमर्पण गरेका छन्।
तालिबानलाई अनुमति दिइरहनु नागरिकको ज्यान बचाउने एक मात्र उपाय भएको समाचारमा उल्लेख छ