साउन ३१, २०७८ आइतबार

स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको यो सिजनको पहिलो खेलमा रियल मड्रिडले एलाभेसलाई ४–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन करिम बेन्जिमाले दुई गोल गरे ।

यस्तै नाचो र भिनिसिअस जुनियरले एक–एक गोल गरेका छन् । एलाभेसका लागि जोसेलुले एक गोल फर्काए ।

अरु खेलमा काडिज र लेभान्ते तथा मालोर्का र रियल बेटिसले समान १–१ को बराबरी खेले भने ओसासुना र स्पानियोलले गोलरहित बराबरी खेलेका छन् ।