अफगानिस्तानको राजधानी काबुलमा आइतबार तालिबानहरु चारैतिरबाट प्रवेश गरेको अफगान गृह मन्त्रालयले जनाएको छ।
तर तालिबानका प्रवक्ता सुहेल शाहीनले यो दाबीको खण्डन गर्दै लडाकुहरु राजधानीको बाहिरी इलाकामा बाँकी रहेको बताएका छन्।
यसअघि अफगानिस्तानको प्रमुख शहर मजार(ए(शरीफ तालिबानको कब्जामा रहेको थियो। यसैगरी तालिबानले अफगानिस्तानको जलालाबाद कब्जा गरेका थिए।
काबुलमा छिटफुट गोली हानाहानको साथसाथ सायरन सुन्न सकिन्छ। धेरै हेलिकप्टरहरु शहरको केन्द्र माथि उडिरहेका थिए।
तालिवानले अफगानिस्तानको राजधानीमा बल प्रयोग गर्ने योजना नरहेको बताएको छ। तालिबानले जारी गरेको विज्ञप्तिमा कसैको ज्यान, सम्पत्ति र सम्मानसँग सम्झौता नगरिकन र काबुलीहरुको जीवनमा सम्झौता नगरी संक्रमण संक्रमण सुरक्षित ढंगले सम्पन्न भएको सुनिश्चित गर्न वार्ता चलिरहेको जनाइएको छ।
तालिबानका एक प्रवक्ताले गरेको ट्वीटरमा इस्लामिक इमिरेटले आफ्ना सबै सेनालाई काबुलको ढोकामा उभिन निर्देशन दिएको उल्लेख छ।
तालिबानहरुको प्रवेशबाट आतंकित मजदुरहरु सरकारी कार्यालयहरु बाट भागेका थिए। हजारौं नागरिकहरु अब भविष्यको को डरले काबुलमा पार्क र खुल्ला ठाउँमा बस्ने गरेका छन्।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीका चीफ अफ स्टाफले ट्वीटरमा काबुलका जनतालाई चिन्ता नगर्न अनुरोध गरेका छन्। उनले कुनै समस्या नरहेको र काबुलको स्थिति नियन्त्रणमा रहेको बताएका छन्।
घानीको तर्फबाट स्थितिबारे तत्काल कुनै जानकारी आएको छैन। एक अधिकारीका अनुसार उनी अमेरिकी शान्ति दूत जाल्मे खलिलजाद र शीर्ष नाटो अधिकारीहरुसँग आपतकालीन वार्तामा थिए।
काबुलमा अमेरिकी दूतावासमा हेलिकप्टरहरु अवतरण गरेका थिए। अफगानिस्तानका वरिष्ठ अधिकारीले तालिबान चारै तिरबाट आएको बताउँदै थप विवरण दिन इन्कार गरे।
अफगानिस्तानका अधिकारीहरुले लडाकूहरु राजधानी कालकान, काराबाग र पगमान जिल्लाहरुमा भएको बताएका छन्।
यसैबीिच अतिवादी विद्रोही समूह शक्ति हस्तान्तरणको वार्ता गर्न राष्ट्रपति कार्यालय जाने भएका छन्। एक जना सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार तालिबान वार्ताकारहरू राष्ट्रपति कार्यालय जाँदै छन्।