साउन ३२, २०७८ सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार ट्विट गर्दै अफगानिस्तानमा रहेका नेपालीहरूको उपस्थिति र स्थितिको तथ्य लिइ उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिएको बताएका छन् ।

सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाको भनाइ छ । सजगता र गम्भीरतापूर्वक सरकारले अभिभावकत्व जिम्मेवारी निभाउने उनले बताए ।