फागुन ३, २०७७ सोमबार

काठमाडौं .

 अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी–ट्वेन्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।आईसीसीले अद्यावधिक गरेको नयाँ वरीयतामा पनि नेपाल यथावत रहेको हो ।

टी–ट्वान्टी वरीयतामा नेपाल यसअघि कै १५औं स्थानमा छ । टी–ट्वान्टीमा अहिलेसम्म नेपालको उच्च वरियता ११औं हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई छन् ।स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा छन् ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ ।

एकदिवसीय वरीयतामा नेपाल १७औं स्थानमा छ ।