काठमाडौँ, भदौ १ गते । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ ।
गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो । लामो तथा छोटो गरी ६२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्ष ३२ वटा सडक पुल निर्माण भएका छन् । चालू आर्थिक वर्षमा भने ७२० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य विभागको छ ।