एजेन्सी : स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले चोट बोकेका छन् । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेभिल्लाविरुद्धको दोस्रो लेगको खेलमा पिकेले घुँडाको चोट बोकेका हुन् ।
उक्त खेलमा बार्सिलोनाले सेभिल्लामाथि ३-० गोलको नाटकीय जित निकालेको थियो । यश खेलमा पिकेले गोल गर्दै बार्सिलोनालाई खेल अतिरिक्त समयमा पुर्याएका थिए । बार्सिलोनालाई जित दिलाउन पिके सँगै ओसुमाने डेम्बेले र मार्टिन ब्रेथवेटले एक एक गोल गरेका थिए ।
यधपी पिकेको चोटबारे बार्सिलोनाले जानकारी भने गराएको छैन । तर, पिकेले च्याम्पियन्स लिग अन्तर्गत फ्रेन्च क्लब पीएसजीविरुद्ध दोस्रो लेग गुमाउने बताईएको छ । बार्सिलोनाले पीएसजीसँग मार्च ११ मा खेल्दैछ । पहिलो लेगको खेलमा बार्सिलोना घरेलु मैदान नाउ क्याम्पमै ४-१ गोल अन्तरले पराजित भएको थियो ।