फागुन २२, २०७७ शनिबार

एजेन्सी

काठमाण्डौ : गत साता सम्पन्न १४औं  संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)को अक्सनमा आईपिएल ईतिहासमा दोस्रो सफल टिमका रुपमा लिईएको चेन्नाई सुपर किंग्सको कप्तानी सर्वाधिक सफल भारतिय पुर्व कप्तान महेन्द्र सिंह धोनीले गर्नेछन्। 

अक्सन पश्चात चेन्नाईको सम्भावित अन्तिम ११ यसप्रकारको रहन सक्छ:

१)साम करन*
इंग्ल्याण्डका अलराउन्डर करन ब्याटिङमा लामो लामो सट हान्न परिचित छन्।गत संस्करण चेन्नाईले ईतिहासकै खराब प्रदर्शन गर्दा करनको भने बल र ब्याट दुवैमा राम्रो संस्करण बनेको थियो। 

२) ऋतुराज ग्याकवाड
भारतिय घरेलु प्रतियोगिहरुमा उत्कृष्ट ब्याटिङ गर्दै आएका ऋतुराजको गत संस्करणमा पनि राम्रो प्रदर्शन रहको थियो। 

३)अम्बाथी रायडु
राम्रो ब्याटिङ कौशल रहे तापनि भारतिय राष्ट्रिय टिममा हिस्सा बनाउन नसकेका राइडुले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए तापनि घरेलु प्रतियोगिताहरु निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। 

४)फाफ डु प्लेसिस*/सुरेश रैना
दक्षिण अफ्रिकी पुर्व कप्तान प्लेसिस समझदारी पुर्ण ब्याटिङ तथा उत्कृष्ट फिल्डिङका लागि परिचित रहेका छन्। वा प्लेसिसको झै क्षमता रहेका रैना प्लेसिसको स्थानमा चेन्नाईको टिममा देख्न सकिन्छ। 

५)मोइन अलि*
अफ स्पिनर बलर तथा कुसल ब्याट्सम्यानका रुपमा परिचित इंग्ल्याण्डका क्रिकेटर अलिले अफ स्पिन बलिङ तथा तल्लो क्रमको ब्याटिङ सम्हाल्नेछन्। 
६)महेन्द्र सिंह धोनी(विकेट किपर)
टिम कप्तान समेत रहेका धोनी फिनिसरको भुमिकामा टिममा रहने छन्। 

७)कृष्णपा गौथम
महगो मुल्यमा चेन्नाईमा आबद्ध गौथममा स्पिन बलिङ तथा ब्याटिङको पनि क्षमता रहेको छ। 

८)डोयन ब्राबो*
डेथ ओभर स्पेसलिस्ट ब्राबो टिममा पर्ने निश्चित रहे पनि यिनको फिटनेटले गर्दा पुरा खेलमा खेल्नेमा भने केही शंका रहेको छ। 

९)करन शर्मा/इम्रान ताहिर*
भारतिय लेग स्पिनर शर्मा या दक्षिण अफ्रिकी पुर्व क्रिकेटर ताहिर लेग स्पिनरका रुपमा चेन्नाईको टिममा देख्न सकिन्छ। 

१०)दिपक चहर
सुरुवाती पावर प्लेका लागि सफल भारतिय तिब्र गतिका बलर चहर चेन्नाईको टिमका लागि अन्तिम ११ मा खेल्नेमा पाउन सकिन्छ। 

११)शार्दुल ठाकुर
भारतिय तिब्र गतिका बलर ठाकुर पनि यस टिमबाट खेल्दै आएको देख्न सकिन्छ।