एजेन्सी : नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा पन्जाब गोकुलम एफसीसँग १-० गोल अन्तरले पराजित भएको हो । गोकुलमको जितमा डेनी एन्ट्वीले निर्णायक गोल गरे । डेनीले खेलको १७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।
उक्त हार सँगै पन्जाबले लिगमा तेस्रो हार व्यहोर्नुपरेको छ । पन्जाबले ११ खेलमा १८ अंकसहि लिगको चौंथो स्थानमा रहेको छ ।
यता गोकुलम भने ११ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।