एजेन्सी - भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार अफगानिस्तानमा तालिबानले बुधबार कंधार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको दाबी गरिएको छ ।
पत्रिकाका अनुसार तालिबानीहरू दूतावासमा लगाइएको ताल्चा तोडेर भित्र घुसेका थिए । कंधार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुवै दूतावासमा राखिएका गाडी लिएर गएको जानकारीमा उल्लेख छ ।
हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार काबुलको राज्यको गुप्तचर संस्था एनडीएसका लागि काम गर्ने अफगानीको अनुसन्धान गर्न घर–घर गएर तलासी लिइँदै छ ।
रिपोर्टका अनुसार हक्कानी नेटवर्कका करिब ६० हजार लडाकूले राजधानी काबुललाई कब्जामा लिएको छ । यसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन् । जो हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ हुन् ।
अनस हक्कानीले अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजाई र एचसीएनआरका प्रमुख अब्दुल्ला अब्दुल्लासँग भेटघाट गरेका छन् । यसले यो पनि बताउँछ कि करजई र अब्दुल्लाको गतिविधिमा तालिबानको प्रतिबन्ध र नियन्त्रण छ ।