भदौ ४, २०७८ शुक्रबार

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला चार सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार सात सय रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मूल्य आज बढेको छ ।

चाँदी आज तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।