भाद्र ४ काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज शुक्रबार छनौटको खेल तालिका सार्वजनिक गरेको हो ।
देशभरबाट कुल ७८ क्लबको सहभागिता रहने लिग कार्तिक ८ समापन हुनेछ । छनौट प्रतियोगिता आगामी भदौ १० गतेबाट सुरु हुनेछ । त्यस्तै हरेक दिन दुई खेल हुनेछ । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब रहेका छन् ।
तालिका अनुसार एक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन् । हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका फाइनल विजेता सी डिभिजन लिगमा छनोट हुनेछन । यस्तै पहिलो दिन सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स बोइज एफसीबीच खेल हुनेछ ।दोस्रो खेलमा एफसीएस एस र गोदावरी युनाईटेडबीच खेल हुनेछ ।