भदौ ४, २०७८ शुक्रबार

भाद्र ४ काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १०० औं स्थानमा थियो ।

एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७ औं स्थानमा छ ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो, जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौं, क्यानडा छैटौं, ब्राजिल सातौं, इङ्गल्यान्ड आठौं, उत्तर कोरिया नवौं र स्पेन १० औैं स्थानमा रहेका छन् ।