भदौ ५, २०७८ शनिबार

 नेपालको पूँजी बजार हिजो (शुक्रबार) देखि चार दिनको लागि बन्द भएको छ । सरकारले आगामी आइतबार र सोमबार सार्वजनिक बिदा दिएसँगै नेपाल स्टक एक्सचेन्स ९नेप्से०मा सेयर कारोबार बन्द हुने भएको हो ।

नेप्सेमा हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) नियमित कारोबार हुने गरेको छ । यो साता आइतबार जनैपूर्णिमा तथा सोमबार गाइजात्रा परेको छ ।