वर्षौँअघि नै बन्द भइसकेका दुईवटा सरकारी उद्योगमा सरकारले करोडौँ प्रशासनिक लगानी गरेको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५८औँ प्रतिवेदनले बन्द भइसकेर शून्य प्रतिफल दिने नेपाल ओरियण्ट एन्ड म्याग्नेसाइट उद्योगमा ८० लाख प्रशासनिक लगानी गरेको छ । यसैगरी बन्द भइसकेको अर्को सरकारी उद्योग गोरखकाली रबर उद्योगमा ३४ करोड रुपैयाँ लगानी गरेको पाइएको छ ।
यी दुईवटा उद्योगमा गरेर सरकारले ३४ करोड ८० लाख रुपैयाँ लगानी गरेको हो । यसरी शून्य प्रतिफल दिने उद्योगमा विना योजना लगानी गर्दा सरकारको सञ्चित कोषमा व्ययभार परेको प्रतिवेदनमा उल्लेख छ ।
सामान्यत: सार्वजनिक संस्थानले आफ्नो प्रशासनिक खर्च आफ्नै आम्दानीबाट खर्च गर्न पर्ने हुन्छ । तर, वर्षौँ अघि बन्द भइसकेका यी दुई वटा उद्योगलाई भने सरकारले अहिलेसम्म विना हिचकिचाहट ऋण लगानी पाइएको छ ।