इटालियन च्याम्पियन इन्टर मिलानले उपाधि रक्षाको यात्रा जितसहित गरेको छ। इटालियन सिरी ए फुटबलको नयाँ सिजन अन्तर्गत शनिबार राति भएको पहिलो खेलमा इन्टर मिलानले जेनोआमाथि ४–० को शानदार जित दर्ता गरेको हो।
इन्टर मिलानका लागि स्क्रिनिएर, हाकान काल्हानोग्लु, अटुरो भिडाल र इडेन डिजेकाले गोल गरेका हुन्।
एक दशक भन्दा लामो समयपछि गएको सिजन उपाधि जितेको इन्टर मिलानका लागि यो सिजन कठिन हुने आँकलन गरिएको छ।
प्रशिक्षक एन्तोनिओ कोन्ते र स्ट्राइकर रामेलु लुकाकुले क्लब छोडेका कारण गएको सिजन जस्तो नहुने आँकलन भइरहँदा सुरुवात भने शानदार भएको हो।
सिरी ए अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा सासुओलोले हेलास भेरोनालाई ३–२, लाजिओले एमपोलीलाई ३–१ तथा एट्लान्टाले तोरिनोलाई २–१ ले पराजित गरेका छन्।