भदौ ६, २०७८ आइतबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ९०० रुपैयाँमा झरेको छ भने चाँदी १५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा झरेको छ ।
 
गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र चाँदी एक हजार १९५ रुपैयाँ कारोबार भएको थियो ।  यस्तै आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।