भदौ ६, २०७८ आइतबार

एजेन्सी: तालिबान लडाकूहरूले अफगानिस्तानमा बिहीवार एकजना महिलालाई जिउँदै जलाएर मारेको नाजला अयूबी नामक पूर्व अफगान न्यायाधीशले बताएकी छिन् । उनीहरूले महिलालाई खाना पकाउन बाध्य पारेका थिए। त्यो खाना उनीहरूलाई मन परेन। अयूबीले स्काई न्युजलाई बताएअनुसार, अन्य महिलालाई कफिनमा राखेर विदेश पठाइँदै छ । तिनीहरूलाई विदेशमा यौनदासी बनाइनेछ। 

त्यस्तै अफगानिस्तानका अल्पसङ्ख्यक समुदायलाई निर्मम यातना दिएर मारिएको अनि अङणगहरू निकालिएको खबर पनि आएका छन्। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले प्रतिशोधपूर्ण कारवाही नगरिने भने पनि त्यस्तो केही पनि गरिएको छैन । पश्चिमी मुलुकलाई सहयोग गर्ने मानिसलाई मार्नका लागि तालिबान लडाकूहरूले घरघरमा गएर खोजी गरिरहेका छन्।