महेश सिंह सिरहा
लहान : सिरहाको गोलबजार नगरपालिकामा १४औं गोलबजार मेयर गोल्ड कप फुटबल प्रतियोगिता २०७७ सुरु भएको छ ।
पालिकाको उपमेयर रेशम थापाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो । भने प्रमुख अतिथिमा गोलबजार नगरपालीकाको मेयर देबनाथ साह को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल र चोहर्वा बाहिनीपति सहायक रथी हेम राज केसी लगायत सयौं अतिथिहरुको सहभागीता रहेको थियो। स्वास्थका लागी खेल कुद राष्ट्रका लागि खेलकुदभन्ने मुलनाराको साथ खेल सुरु गरेको हो । कार्यक्रम को संचालन कसम लामा ले गरेका थिए ,भने खेलका अध्यक्ष संजित लामा ले बताए ।
सिरहा, सप्तरी र धनुषाको सब भन्दा ठुलो पुरुस्कारको खेल गोलबजारमा हुने भएको स्थानीय ले बताए । प्रथम पुरुस्कार नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैया र दोस्रो पुरुस्कार २ लाख ७५ हजार ५ सय ५५ पचवंन रुपैया रहेको छ ।
खेल २१ गते देखि सुरु भएको छ भने २८ गते फाईनल खेल हुने भएको छ उक्त खेलमा ८ टिम सहभागी रहेका छन भाग छ । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र जलथल फुटबल क्लब झापा बीच प्रतिस्पर्धा भएको थियो ।जसमा जलथल क्लब झापा ३-१ गोलले विजयी भयो । त्यस्तै खेल हेर्न हजारौं दर्सकहरुको भिड रहेको थियोे । खेल स्थलमा डसटबिन र सौचालयको ब्यबस्था न रहेको देखिएको छ ।
जथाभावी दिसापिसाब गर्दा महामारीको रुप लिने जोखिम रहेको छ । खाने पानी, सौचालय र फोहोरको लागी डसटबिन समेत न रहेको गोलबजार नगरपालिकाले अबिल यो कुरामा ध्यानाकर्षण होस र महामरीको जोखिमबाट बच्न स्थानीयले आग्रह गरेको छ ।