काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलिका गोलरक्षक किरण चेम्जोङले भारतमा जारी हिरो आई लिगमा प्लेअर अफ दि मन्थको अवार्ड जितेका छन् ।
राउण्ड ग्लास पञ्जाव एफसीबाट आई लिग खेलिरहेका किरणलाई गत फेब्रुअरी महिनाको प्लेअर अफ दि मन्थ अवार्ड प्रदान गरिएको हो । यस्तै उनी टिम अफ दि मन्थमा पनि पर्न सफल भएका छन् ।
पञ्जावका लागि किरणले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पहिलो चरणको लिगमा १० खेल खेल्दा उनले ६ खेलमा क्लिनसिट राखेका थिए । यस्तै उनले नियमित कप्तान विक्रमजित सिंहको अनुपस्थितिमा केही खेलमा कप्तानीसमेत गरेका थिए ।
किरणले प्लेअर अफ दि मन्थ अवार्ड पाएपछि आफ्नो करियरमा यो अर्को महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।