एजेन्सी - अफगानिस्तानमाथि कब्जापछि तालिबानले आफूलाई खेल विरोधी नभएको सन्देश दिएका छन् ।
तालिबनले आफ्नो ट्वीटर अकाउन्टमा आफ्ना नेता र राष्ट्रिय क्रिकेट टिमका कप्तानसँग खिचएको एउटा तस्बिर पोस्ट गरेको छ ।
ट्वीटरमा लेखिएको छ, ‘इस्लामी इमिरेटका राजनीतिक ब्यूरोका सदस्य अनक हक्कानीले राजधानी काबुलमा अन्तरराष्ट्रिय क्रिकेट टिमका कप्तानसँग भेटघाट गरेका छन् । उनीहरूले भविष्यका कार्यक्रम, टीमको प्रदर्शन र मानकलाई उत्कृष्ट बनाउने दिशामा कुराकानी गरेका छन् ।’
सोसल मिडिया पोस्टमा कप्तानको नाम बताइएको छैन तर स्थानीय अनलाइन मिडियामा उनलाई हशमतुल्लाह शाहिदी बताइएको छ ।
सन् १९९६ देखि २००१ बीच जब तालिबानको अफगानिस्तानमाथि नियन्त्रण थियो तब उनीहरूले खेलको आयोजनामाथि कडा प्रतिबन्ध लगाएका थिए ।
अफगानिस्तान क्रिकेट बोर्डले हालै तालिबान प्रशासनले राष्ट्रिय महिला टीमको गठनको योजनालाई रोकिदने हो कि भन्ने आशंका व्यक्त गरेको थियो ।
१५ अगस्टमा काबुलमाथि तालिबानको कब्जापछि अन्तरराष्ट्रिय स्तरमा महिला खेलाडीलाई अफगानिस्तानबाट बाहिर निकाल्नका लागि अपिल भइरहेको थियो ।