भदौ ८, २०७८ मंगलबार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्तिसम्बन्धी  मिसिल कागज झिकाउन आदेश दिएको छ । सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । तर त्यसविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।