भदौ ८, २०७८ मंगलबार

यो साता खुलेको पहिलो दिन परिसूचकसँगै कारोबार रकम पनि खस्किएको छ। यस दिन कुल १६ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसअघि गत बिहीबार २० अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । मङ्गलबार सेयर बजारको परिसूचक नेप्सेमा ५६ अङ्कले गिरावट आएको छ ।

फाइनान्स र निर्जीवन बीमा समूह मात्रै बढेका छन्। फाइनान्स ४५, निर्जीवन बीमा ११२ अङ्कले बढे। बैंकिङ १९, ब्यापार ६२, होटल तथा पर्यटन १७, विकास बैंक २४३, जलविद्युत् २३२, उत्पादन १५७, अन्य ३०, माइक्रोफाइनान्स ३१, जीवन बीमा १४३ र लगानी समूह ५ अङ्कले घटे। 

यस दिन जम्मा ३३ कम्पनीको मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ। ८ कम्पनीको मूल्य भने स्थिर रह्यो। 
गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। सो मूल्यवृद्धिपछि गोर्खाजको प्रतिकित्ता १४१० र जीवन विकासको ४ हजार २९६ रुपैयाँ पुगेको छ। 

सेन्ट्रल फाइनान्सको मूल्य ७.४ प्रतिशतले बढेको छ भने नेको इन्स्योरेन्सको ५ प्रतिशतले बढेको छ। जनरल इन्स्योरेन्सको मूल्य साढे ४ प्रतिशतले बढेको छ। 

यस दिन १९ कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ। नेसनल हाइड्रोपावर, जलविद्युत लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, नेपाल हाइड्रो, कालिका पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रो, रुरु जलविद्युतको मूल्य १० प्रतिशतले घटेको छ। तीमध्ये धेरै कम्पनीको बिक्रीमा चाप पर्दा सेयर खरिद गर्ने नै छैनन्।  

पन्चकन्य माइ हाइड्रो, हिमालयन पावर पार्टनर, लिबर्टी इनर्जी, माउन्टेन हाइड्रो, हिमालय उर्जा विकासको मूल्य साढे ९ देखि ९.९ प्रतिशतसम्म घटेको छ। 

कारोबारका आधारमा अरुणभ्याली अग्रस्थानमा रह्यो। सो कम्पनीको ७५ करोड ४३ लाखको कारोबार हुँदा अरुणकाबेलीको ७१ करोडको कारोबार भयो। नेसनल हाइड्रो, रिडी हाइड्रो र नेपाल बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।