कोशी राजमार्गमा बाटो काट्दै गरेकी वृद्धाको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । दुहबी नगरपालिका-८ की ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो ।
चौधरीलाई मंगलबार साँझ सोनामपुर चोकस्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो ।प्रहरीले गम्भीर घाइत उहाँको शुक्रबार राति १२ बजे नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे जनाएको छ ।