फागुन २२, २०७७ शनिबार

भारतमा भएको बस दुर्घटनामा चार नेपालीको ज्यान गएको छ ।
मृत्यु हुनेमा दैलेखकाे दुल्लू नगरपालिका-१३ खर्चेगराका भीमबहादुर रावल, श्रीमति बुद्धि रावल र भतिज टोपेन्द्र रावल रहेको छन् । दुल्लु नगरपालिका -१३ तोलपानीका तिलक घर्तीको पनि सोही दुर्घटनामा मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरका छोरा प्रकाश रावलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मुम्बईमा रोजगारीमा गएका रावल नेपाली नेपाल फर्कदै थिए ।
रुपैडियातर्फ आउँदै गरेको बस भारतको उत्तरप्रदेशको ग्रेटर नोयडामा दुर्घटना भएको हो ।