भदौ १०, २०७८ बिहिबार

बजारमा अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको छ । यसअघि,अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म पर्थ्यो ।

नेपाल अण्डा उत्पादक संघका अनुसार बजारमा ठूला र साना गरी दुई प्रकारका अण्डा उपलब्ध हुन्छ । जसमा ठूला अण्डाको मूल्य प्रतिक्यारेट ४२० पुगेको र मध्यम (साना) खालका अण्डाको मूल्य प्रतिक्यारेट ३८० रुपैयाँ पुगेको छ । जुन, होलसेलमा पुग्दा प्रतिक्यारेट ३९० हुन आउने संघको भनाइ छ ।


किन बढ्यो मूल्य ?


अण्डा उत्पादक संघले अण्डाको मूल्य बढ्नुको कारण कोरोना महामारी भए पनि मूल्यवृद्धि स्वाभाविक भएको बताएको छ । नेपालमा प्यारेन्ट चल्लाको आयात यूरोप र अमेरिकाबाट हुँदै आएको छ । तर,महामारीमा अन्तर्राष्ट्रिय हवाइ यातायात नचल्दा चल्लाको आयात हन पाएन । अहिले चल्ला आउन थालेको र उत्पादन बढे पनि मागअनुसारको उत्पादन हुन नसकेका कारण मूल्य बढेको हो ।