भदौ ११, २०७८ शुक्रबार

समाचार एजेन्सी रोयटर्सका अनुसार काबुल विमानस्थलमा भएको बम बिस्फोटमा तालिबानका कम्तीमा २८ सदस्य मारिएका छन् ।

काबुल विमानस्थलमा भएको उक्त बिस्फोटमा अमेरिकीभन्दा बढी तालिबानीहरू मारिएका तालिबानका एक अधिकारीले बताएका छन् ।

यद्यपि, उक्त हमलापश्चात् पनि उनीहरूले अमेरिकीलाई ३१ अगस्टपछि अफगानिस्तानमा बस्न कुनै आवश्यकता नभएको बताएका छन् । बिहिबार राती काबुल विमानस्थलको बाहिरी हिस्सामा भएका दुई बिस्फोटमा कम्तीमा ९० जना मारिएका छन् जसमा १३ अमेरिकी सैनिक पनि समावेश छन् । 

इस्लामिक स्टेटको एक सहयोगी संगठनले उक्त हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ ।