लगातारको वर्षाका कारण मुलुकभर आएको बाढी, पहिरो र डुबानपछि गृह मन्त्रालयमा शुक्रबार अपरान्ह बैठक बस्दै छ।
तीन बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले विपद् व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद् व्यवस्थापन महाशखासहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने बुझिएको छ।
विपद्पछि कसरी अगाडी बढ्ने विषयमा धारणा बनाउन बैठक बस्न लागेको गृहमन्त्रि खाँडका निजि सचिव नरेन्द्र केसीले जानकारी दिए।