फागुन २२, २०७७ शनिबार

एजेन्सी

एजेन्सी : भारतकोे घरेलु मैदान अहमदाबादमा इंग्ल्यान्डविरुद्धको चार खेलको टेस्ट सिरिज जितेसँगै फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको चौंथो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डमाथि २५ रनको जित निकाल्दै भारतले सिरिज ३-१ ले आफ्नो बनाएको हो ।
उक्त जितसँगै भारत आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत पुगेको छ । अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।

नरेन्द्र मोदी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबार इंग्ल्यान्डले दोस्रो इनिङ्समा १ सय ३५ रन जोड्दा अलआउट भएपछि भारतले एकै इनिङ्समा जित निकालेको हो ।इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा डान लरेन्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जोय रुटले ३० रन बनाए ।

भारतका अक्षर पटेल र रविचन्द्र आश्विनले ५/५ विकेट लिए ।