भदौ १२, २०७८ शनिबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । नियमित कार्य सुचारु राख्नका निम्ति नेप्सेका उच्च तहमा रहेका फुयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको नेप्सेले बताएको छ ।


सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले गत भदौ ८ गते राजीनामा दिएका थिए ।