एजेन्सी : अस्ट्रेलिया र न्युजिल्याण्ड बिचको ५ टिट्वान्टी अन्तराष्ट्रिय शृखंला अन्तर्गतको ५ औॅं तथा अन्तिम टि ट्वान्टी खेल भोली हुदैछ।
न्युजिल्याण्डको विलिटंनमा हुने खेल नेपाली समयानुसार बिहान ४:४५ बाट सुरु हुदै छ।
शृखंला अन्तर्गतको पहिलो र दोस्रो खेल लगातार पराजित पाहुना टोली तेस्रो र चौथो खेलमा भने रवाफिलो जित आत्म साथ गरेकोले भोलीको खेल पनि उसलाई केही सहज रहने अनुमान लगाउन सकिन्छ ।
पहिलो खेल न्युजिल्याण्डले ५३ रनले जितेको थियो भने दोस्रो खेलमा घरेलु टोलीले ४ रनको रोमान्चक जित हात पारेको थियो भने गत बुधबार सम्पन्न तेस्रो खेलमा घरेलु टोलीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गरेको अस्ट्रेलियाले हिजो मात्र भएको खेलमा ५० रनको जित निकाल्दै पाहुना टोली शृखंलामा बराबरी गरेको थियो
न्युजिल्याण्डमा पुन: देखिएको कोरोना कहरका कारण भोलीको खेल पनि दर्शक बिना खेलाईनेछ ।
दुवै टोलीको सम्भावित अन्तिम ११ यस प्रकारको रहन सक्छ:
अस्ट्रेलिया
आरोन फिन्च(कप्तान),म्याथ्यु वेड(विकेट किपर),जोस फिलिपे,ग्लेन म्याक्सवेल,मार्कस स्टोइनिस,मिचेल मार्श,राईली मेरिडेज,एस्टन अगर,जाय रिचर्डसन,एडम जाम्पा र केन रिचर्डसन
न्युजिल्याण्ड
मार्टिन गुप्टिल,टिम सेफर्ट(विकेट किपर),केन विलियम्सन(कप्तान),गेन फिलिप्स,डेभोन कोनवे,मिचेल स्यान्टनर,कायल जेमिन्सन,टिम साउदी,ईश सोडी र ट्रेन्ट बोल्ट