भदौ १२, २०७८ शनिबार

एजेन्सी - अफगानिस्तानमा तालिबानले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘इस्लामिक ईमिरेट्सको स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारीलाई केन्द्र र प्रान्तमा नियमित रूपमा आफ्नो काममा फर्कन भनेको छ । इस्लामिक ईमिरेट्सको तर्फबाट उनीहरूको काममा कुनै बाधा हुनेछैन ।’

अफगानिस्तानमा तालिबानको पुनरागमनपछि महिलाहरू काममा फर्कन पाउने छन् या छैनन् भन्ने विषयमा अन्योल रहेको छ । काबुल प्रवेश गरेपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले शरिया कानुनअनुसार महिलालाई अधिकार दिने स्पष्ट पारेका थिए ।

अन्य तालिबान नेताहरूले पनि महिलाहरू काम गर्न दिने बारे बयान दिँदै आएका छन् । यद्यपि, अहिलेसम्म उनीहरूको स्पष्ट नीति बाहिर आएको छैन ।

बीबीसी हिन्दी