भदौ १२, २०७८ शनिबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर गुलशन झाले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपीएल० टी(ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

युवा बलर गुलशनले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको इपीएल खेल्ने भएका हुन्। काठमाडौं किङ्स-११ ले शुक्रबार गुलशनलाई अनुबन्ध गरिएको जनाएको छ।

तीव्र गतिका बलर गुलशन पहिलो पटक राष्ट्रिय टिममा पर्दै ओमान भ्रमणमा रहेका छन्। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन्।

प्रतियोगितामा काठमाडौं किङ्स-११ को कप्तानी सन्दीप लामिछानेले गर्ने छन्। काठमाडौं किङ्स(११ बाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले समेत खेल्ने छन्।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र नेपाल क्रिकेट संघ ९क्यान० ले मान्यता दिईसकेको छ। साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।