काठमाडौं : रौतहट जिल्लाको सदरमुकाम गौरको राइस मिल्सको रंगशालामा जिल्ला क्रिकेट संघको आयोजनामा शनिबार देखि टी २०२० मनोहर सिंह मेमोरियल कपको उद्घाटन सम्पन्न भएको छ ।
आज भएको रौतहट र पटना बिचको खेलमा पहिला टस जितेर रौतहट टिमले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो । रौतहट टिमको तर्फ बाट सानी साह ले ४६, कारण साह २३, राज पटेल ५१, अरविन्द जैशवाल २७ रनको योगदान पुर्याएको थियो ।
१८१ रनको विजयी लक्ष्य पक्षाएको पटना टिम ले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सफल भएको थियो ।