एजेन्सी - गर्मी मौसममा स्वीट्जरल्याण्डको उच्च स्थानका पहाडी चौरमा चर्न गएका गाई घाइते भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
घाइते भएका १० वटा गाईहरू हिँडेर तल झर्न नसक्ने भएपछि शुक्रबार हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्याइएको हो ।
किसानहरू त्यहाँ उपस्थित भएर हेलिकप्टरको डोरीमा बाँधेर ल्याइएका गाईलाई जमिनमा झारेका थिए ।
केही दिनपछि हुने काउ परेडमा सहभागी गराइने ती गाईहरू हिमाली मैदानमा चर्न गएका थिए । झन्डै १ हजार को सङ्ख्यामा रहेका ती गाई हिँडेरै तल झर्दै छन् ।