भदौ १३, २०७८ आइतबार

गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज आइतबार पनि सोही मूल्य कायम हुँदै कारोबार भइरहेको छ ।

यस्तै, आज यता तेजाबी सुनको मूल्यसमेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  तर, यता चाँदीको मूल्यमा भने आज  तोलामा १० रुपैयाँले बृद्धि हुँदै एक हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।