नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४८.८४ अङ्कले घटेर ३ हजार ४५.२० विन्दुमा झरेको छ ।
आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्ससमेत ८.५७ अङ्कले घटेर ५६२.८८ विन्दुमा झरेको छ । तीव्र गिरावटमा रहेको बजारमा आज फाइनान्सबाहेकका सबैजसो उप समूहहरू ऋणात्मक (नेगेटिभ) भएका छन् । यस दिन कुल २२७ कम्पनीका २ करोड ४८ लाख कित्तामाथिको सेयर बजारमा एक लाख ५९ हजार पटक किनबेच हुँदा कुल १५ अर्ब ६५ करोड १२ लाखको कारोबार भएको छ ।