भदौ १३, २०७८ आइतबार

लगातार दोस्रो जित निकाल्दै आरसी ३२ सहिद स्मारक सी डिभिजन लिग छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। 

आरसीले आइतबार भएको समूह 'सी' को दोस्रो खेलमा बनेपा व्याइज क्लबलाई १-० गोलले पराजित गर्‍यो।

आरसीको जितमा बबिन बोहराले दोस्रो हाफमा गरेको गोल निर्णायक गरे

यसअघि पहिलो खेलमा आरसीले भारसिटी फुटबल क्लबलाई ८-० गोलले पराजित गरेको थियो। 

तीन टिम रहेको समूहबाट शीर्ष एक टिम दोस्रो चरणमा पुग्ने प्रावधानअनुसार आरसीले दोस्रो चरणमा स्थान बनाएको हो ।