भदौ १४, २०७८ सोमबार

सरकारले आज देशभरि सार्वजनिक विदा दिएको छ। कृष्ण जन्माष्टमीको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो। 

यसैबची श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदै छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।