फागुन २२, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : इटालियन सिरी ए फुटबलमा साविको विजेता युभेन्टसले लाजियोमाथि पुनारागमन जित निकालेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा युभेन्टसले लाजियोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । कुनै समय १-० गोलले पछि परेको युभेन्टसले पुनरागमन जित आत्मसात गरेको हो ।

घरेलु टोली युभेन्टसको जितमा अल्भारो मोराटा नायक बने उनले दुई गोल गर्नुका साथै एक गोलका लागि अस्सिट पनि गरे । त्यस्तै अर्को गोल एड्रियन रबिओट गरेका थिए । खेलमा सुरुवाती अग्रता भने लाजियोले बनाएको थियो । उसका लागि कार्लोस कोरियाले खेलको १४औं मिनेटमा गोल गरि घरेलु टोलि विरुद्ध अग्रता दिलाएका थिए । 

तर खेलको ३९औं मिनेटमा युभेन्टका लागि रबिओटले गोल गरि पहिलो हाफमा १-१ गोलको बराबरी अबस्थामा फर्काए । त्यस्तै दोस्रो हाफक‍ो ५८ र ६० औं मिनेटमा मोराटाले गोल गरि ३-१ गोलको सहज जित दिलाए । 

त्यस्तै उक्त खेलमा दोस्रो हाफको ६९औं मिनेटमा मोराटाको ठाउँमा मैदान प्रवेश गरेको रोनाल्डो गोल भने गर्न सकेनन् । 

उक्त जितसँगै युभेन्टसले तेस्रो स्थानमा उक्लिएको छ । साथै उसले शिर्ष स्थानको इन्टर मिलानसँग ७ अंक तथा दोस्रो स्थानको एसी मिलानसँग १ अंक दुरिमा छोट्याएको छ । युभेन्टसको हाल २५ खेलमा ५२ अंक रहेको छ । यता पराजित लाजियोको भने समान खेलबाट ४३ अंकसहित सातौं स्थानमा रहेको छ ।