फागुन २३, २०७७ आइतबार

काठमाण्डौ। 
राजधानीमा जारी काठमाण्डौ मेयर कप क्रिकेट प्रतियोगिताको पहिलो संस्करणमा आज दुई खेल हुदै छन्। 

काठमाण्डौको टियु मैदानमा हिजो उद्घाटन भएको खेलमा एपिएफ क्लब र मुलपानी मैदानमा नेपाल पुलिस क्लबले रोमान्चक जित हासिल गरेका थिए। 

आज पनि दुवै मैदानमा खेल हुनेछ। टियु मैदानमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब दोस्रो जितका लागि विभागिय डर्बिमा भिड्दै गर्दा उता मुलपानी मैदानमा लामो समय पश्चात घरेलु क्रिकेटमा फर्किएका युवा लेग स्पिनरको कप्तानीको काठमाण्डौ मेयर ११ ले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशको सामना गर्ने छ। 

विभिन्न अन्तराष्ट्रिय लिगका कारण लामो समय पश्चात सन्दिपलाई घरेलु प्रतियोगितामा देखिने छ। पछिल्लो पटक उनले २०१८ को एभरेस्ट प्रिमियर लिग मा खेलेका थिए। 

यता विभागिय टोलीहरु नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब पहिलो खेलमा रोमान्चक जित हात पारेका कारण उच्च मनोबलका साथ मैदान उत्रनेछन्।