फागुन २३, २०७७ आइतबार

एजेन्सी : पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च कपको अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न भएको अन्तिम ३२ को खेलमा ब्रेस्टमाथि ३–० गोलको सहज जित निकाल्दै पिएसजी अघिल्लो चरणमा प्रवेश गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले दुई तथा पाब्लो सराबियाले एक गोल गरे । खेलको नवौँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

४४औँ मिनेटमा सराबियाले गोल गरेपछि पहिलो हाफभरि पिएसजीले आफ्नो अग्रता दोब्बर बनायो । ७३औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३–० गोलको सहज जित दिलाए ।