भदौ १४, २०७८ सोमबार

एजेन्सी - पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फुटबलको मैदान मात्र होइन, सामाजिक सञ्जालामा पनि कीर्तिमान भङ्ग गरिरहेका छन् । म्यान्चेस्टर युनाइटेडले उनी क्लबमा फर्किएको घोषणा गरेको पोस्टले समाचार तयार पार्दासम्म १ करोड २९ लाख बढी लाइक पाइसकेको छ ।योसँगै म्यान्चेस्टर युनाइटेडको इन्सटाग्राम पोस्टले कुनै पनि खेलकुदको टोलीले पाएको सबैभन्दा धेरै लाइक पाउने कीर्तिमान बनेको छ । यसअघि पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सी क्लबमा आबद्ध भएको घोषणा गरेको पोस्टले ७८ लाख १९ हजार बढी लाइक पाएको थियो ।

 


 

 

View this post on Instagram

A post shared by Manchester United (@manchesterunited)

तर, सबैभन्दा चर्चित खेलकुदको फोटोको कीर्तिमान भने लियोनेल मेस्सीको नाममा रहेको छ । मेस्सीले सन् २०२१ को जुलाईमा कोपा अमेरिकाको ट्रफीसँग खिचेको पोस्ट गर्दा २ करोड १९ लाख ३५ हजार बढी लाइक पाएको थियो ।

View this post on Instagram









 

A post shared by Leo Messi (@leomessi)

दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डोले म्याराडोनाको सम्झनामा पोस्ट गरेको फोटो रहेको छ । सन् २०२० को नोभेम्बर २५ मा पोस्ट गरिएको फोटोले १.९८ करोड लाइक बटुलेको थियो ।

 

View this post on Instagram

A post shared by Cristiano Ronaldo (@cristiano)

तेस्रो स्थानमा लियोनेल मेस्सीले म्याराडोनाको सम्झनामा पोस्ट गरेको फोटो रहेको छ । यसमा १.६ करोड लाइक आएको थियो ।

 

View this post on Instagram

A post shared by Leo Messi (@leomessi)