भदौ १४, २०७८ सोमबार

काठमाडौ। उन्नत लोकतन्त्र पार्टीले AP1 टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्रीलाई एमसिसीकाे विज्ञापन तत्काल बन्द गराउन ज्ञापन-पत्र बुझाएको छ। टेलिभिजन कार्यालयमा पुगेका उन्नत लोकतन्त्र पार्टीका महासचिवसहितको टोलीले आज उक्त ज्ञापनपत्र बुझाएको हो।

प्रधान सम्पादक यात्रीले उक्त विज्ञापन तत्काल बन्द गर्ने प्रतिबद्धता गरेको र तत्काल बन्द गर्नका लागि प्रक्रियासमेत अगाडि बढाएको जानकारी गराएको महासचिव कृष्ण प्रसाइँले बताएका छन् । जनस्तरबाट व्यापक विरोध भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का पक्षमा एपी वान टेलिभिनले करीब ३८ सेकेन्डको विज्ञापन बजाइरहेको छ ।