अस्ट्रेलिया विरुद्धको ५ खेलको टि ट्वान्टि शृखंला घरेलु टोली न्युजिल्याण्डले ३-२ ले जितेको छ।
आज टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोलीले निर्घारित २० ओभरमा ८ विकेट गुमाउदै १४२ रन बनायो ; उसका लागि विकेट किपर म्याथ्यु वाडाले सर्वाधिक ४४ रनको स्कोर बनाउदा ५ खेलाडी दोहोरो अंकमा रन नजोड्दै पेभिलियन फर्के। उता न्युजिल्याण्डका लागि भने ईश सोडीले ३ तथा ट्रेन्ट बोल्ट र टिम साउदीले समान २/२ विकेट हात पारे।
१४३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १५.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो उसका लागि मार्टिन गप्टिलले ७१ रनको पारी खेल्दा पाहुना टोलीका लागि राईली म्येरिडिथले २ विकेट लिए पश्चात खेल घरेलु टोलीले ७ विकेटले आफ्नो पक्षमा पार्यो।
यस शृखंलाका सर्वाधिक रनकर्ता र विकेट कर्तामा क्रमश: आरोन फिन्च (१६१ रन) र ईश सोडि (१०विकेट) रहे।
ईश सोडी भने शृखंला भरका उत्कृष्ट खेलाडी रहे।