अघिल्लो साता करिब ३२ सयको हाराहारीमा रहेको नेप्से परिसूचक सातामा दुई सय अङ्कमाथिले घट्दै मंगलबार २९ सय ७५.८४ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज मंगलबार नेप्से परिसूचक एकैदिन ६९.०५ अङ्कले घट्दै २९ सय ७५.८४ विन्दुमा झरेको छ । त्यसो त नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्ससमेत १२.३४ अङ्कले घट्दै ५५०.५२ विन्दुमा झर्न पुगेको छ ।
यस दिन सबैजसो उपसमूहहरू ऋणात्मक हुँदा सेयर बजार नै राताम्मे बनेको छ । तथापि, ६९.०५ अङ्कले घटेको बजारमा कारोबार रकम भने खासै बढ्न सकेन ।
नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३१ लाख कित्ता माथिको सेयर १ लाख ३० हजार बढी पटक बजारमा किनबेच हुँदा जम्मा १३ अर्ब २५ करोड ९६ लाखको कारोबार भएको छ ।