भदौ १६, २०७८ बुधबार

अमेरिकाको क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । लेक टाहो क्षेत्रमा लागेको डढेलोका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

काल्डोर फायरका कारण अहिलेसम्म १९१ हजार एकड क्षेत्र जलेको छ । डढेलोको १६ प्रतिशत भाग नियन्त्रणमा आएको छ । दुई हप्ता भन्दा अघि सुरु भएको डढेलो नियन्त्रणका लागि ३५ सय भन्दा बढी अग्निनियन्त्रक खटिएका छन् ।

डढेलोको जोखिममा आएको एक अस्पताल खाली गरिएको छ । त्यहाँका बिरामीहरुलाई नजिककैको अस्पतालमा लगिएको छ ।

स्थानीय प्रशासनका अनुसार आगलागीका कारण पाँचजना घाइते भएका छन्। सात सय भन्दा बढी घरहरुमा पूर्ण वा आंशिक क्षति पुगेको छ । सोमबार बिहान साउथ लेक टाहोका २२ हजार बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको थियो ।