फागुन २३, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि २–० गोलको जित निकालेको हो ।

ओसासुनाको घरेलु मैदानमा बार्सिलोनालाई जिताउन जोर्डी अल्बा र इलाइक्स मोरिबाले समान १-१ गोल गरे ।

खेलको ३०औँ मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । खेलको ८०औँ मिनेटमा मोरिबाले गोल गर्दै बार्सिलोनाई जिताए ।

उक्त जितसँगै बार्सिलोनाले २६ खेलमा ५६ अंक जोडेको छ । ऊ शीर्ष स्थानको एथ्लेटिकोभन्दा दुई अंकले मात्र पछाडि परेको छ । एथ्लेटिकोले बार्सिलोनाभन्दा दुई खेल कम खेलेको छ ।