नेपालले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । यो खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ । एन्फाले यस खेलमा रङ्गशालको झण्डै एक तिहाइ क्षमता अर्थात् ५ हजार १ सय दर्शकलाई रङ्गशालामै उपस्थित भएर खेल हेर्न दिने भएको छ ।
तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ । नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।दोस्रो खेल आगामी आइतवार हुनेछ । असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।