भदौ १८, २०७८ शुक्रबार

न्यूयोर्कमा बाढीका कारण एकै परिवारका तीआइडा आँधीको प्रभावका कारण परेको भीषणा वर्षासँगै आएको बाढीका कारण अमेरिकाको न्यूयोर्कमा बस्दै आएका तीन नेपालीको ज्यान गएको छ ।

न्यूर्योकमा बस्दै आएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनबेसीका एकै परिवाकार तीनजनाको बाढीका कारण ज्यान गएको युनाइटेड शेर्पा एसोसिएशन (युएसए) ले जनाएको छ ।

बाढीका कारण आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको ज्यान गएको हो ।

अमेरिकाको उत्तर–पूर्वी राज्यहरुमा आइडा आँधीसँगै परेको भीषण वर्षा तथा टोर्नाडोका कारण जनजीवन प्रभावित भएको छ । विभिन्न राज्यमा गरेर बाढी तथा टोर्नाडोका कारण कम्तीमा ४१ जनाको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएको छ ।न नेपालीको मृत्यु